नागरिक्ता सहजरुपमा पाउनुपर्ने माग गर्दै कुसुण्डा समुदायले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउदै कुसुण्डा समुदाय

नागरिक्ता सहजरुपमा पाउनुपर्ने माग गर्दै कुसुण्डा समुदायले  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।

कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा जातबाट नागरिकता प्राप्त गर्न व्यवस्था मिलाउनु पर्ने, जग्गाको लागि लालपुर्जाको समस्याको समाधानका लागि पहल गर्नुपर्ने, कुसुण्डा समुदायको एकीकृत बस्ति हुनुपर्ने, स्वास्थ्य सम्बन्धि समस्या समाधान गर्नु पर्ने लगायत माग गरिएको कुसुण्डा समाजका अध्यक्ष धन बहादुर कुसुण्डाले बताए ।

त्यसैगरी कुसुण्डा समुदायको जिविकोपार्जनको समस्या, कुसुण्डाको भाषा संरक्षण गर्नुपर्ने वालवालिकालाई निशुल्क शिक्षा, सीप र क्षमता अनुसारको रोजगारीको व्यवस्था गरिनुपर्ने लगायत माग गरिएको उनले बताए ।

फियान नेपाल पहलमा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए। यसैविच ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले कुसुण्डा समुदायको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताए । नागरिक्ताको समस्याको विषयमा गृह मन्त्रालयसंग छलफल गर्ने र अन्य समस्या समाधानको लागि स्थानीय सरकार संग छलफल गर्ने बताएकाथिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा फियान नेपाल लुम्बिनी प्रदेशको संयोजक सुरेश गौतम, खाद्द अधिकार संजाल दाङका सचिव सन्तोष दहित लगायतको उपस्थिति रहेको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित