दाङका तीन कार्यालयबाट आप्रवासीलाई सूचना सेवा

वैदेशिक रोजगारमा जाने, वैदेशिक रोजगारमा रहेका, वैदेशिक रोजगारबाट फर्किएका र तीनका परिवारलाई दाङका तीन कार्यालयबाट सूचना तथा परामर्श सेवा संचालन गर्दै आएको छ । दाङको जिल्ला प्रसाशन कार्यालय घोराही, इलाका प्रसासन कार्यालय तुलसीपुर र लमहीबाट सुचना केन्द्रको स्थापना गरी सेवा दिइरहेको हो ।

नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा स्थानिय पालिकाहरुले संचालनमा ल्याएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले उक्त सुचना केन्द्रहरु संचालनमा ल्याएको हो । सुचना केन्द्रबाट विशेष गरी वैदेशिक रोजगारमा जान थालेकाहरुलाई गन्तव्य देश, कागजपत्रको सुरक्षा, भिषा जाँच, श्रम स्वीकृत र वैदेसिक रोजगार वोर्डले संचालन गरेको निशुल्क सीप तालिमको विषयमा जानकारी गराउने गरेको सामी परियोजनाकी सूचना तथा परामर्शकर्ता रीता लामाले जानकारी दिइन् ।

केन्द्रले वैदेशिक रोजगारमा भएकाहरुलाई जुनसुकै समस्या परे पनि विभिन्न निकायसँग समन्वय गरेर समस्या समाधानको लागि पहल गर्ने गरेको उनको भनाई छ । यस्तै वैदेशिक रोजगारको क्रममा हुने श्रम शोषण, विरामी, दुर्घटना, अंगभंगलगायतको समस्या भएमा पनि सम्बन्धीत व्यक्तीहरुलाई उचित न्यायको लागि केन्द्रले पैरवी गर्ने गरेको छ । ‘केन्द्रले वैदेशिक रोजगामा मृत्य भएमा, विरामी भएमा नेपाल ल्याउनको लागि पनि समन्वयको काम गरिरहेका छ, उनले भनिन्, ‘मृत्यु, अंगभंग, जटिल किसिमको विरामी भएमा पनि विमा कम्पनी वैदेसिक रोजगार वोर्डसम्म जानको लागि सुचना केन्द्रले पुलको काम गरिरहेको छ ।’ अहिले सुचना केन्द्रमा दैनिक १० देखि ४० जनासम्म सेवा लिन आउने गरेको उनले बताइन् । पछिल्लो समय नेपाल सरकारले इपासपोर्टको सुरुवात गरेसँगै जिल्लामा पासपोर्ट सिफारिस बन्द रहेको अवस्थामा पनि दैनिक १० देखि २५ जनासम्म सूचना केन्द्रमा सेवा लिन आउने, फोन गरेर आफ्नो समस्या सुनाउने, जिज्ञासा राख्ने गरेको उनले बताइन् ।

इलाका प्रशासन कार्यालय तुलसीपुरमा गत बर्ष २०७७ मा तुलसीपुर उपमहानगरपालिकाले आप्रवासी कामदारहरुको लागि सूचना केन्द्र स्थापना गरेको थियो भने यस आर्थिक बर्षमा लमही नगरपालिकाले इलाका प्रसासनमा लमही आप्रवासी सुचना केन्द्र स्थापना गरेको छ । यस्तै विभिन्न कारणले सुचना केन्द्रसम्म आउन नसकेका आप्रवासी कामदार र तीनको परिवारको लागि सुचना केन्द्रले ग्रामिण क्षेत्रमा पुगेर पनि कार्यक्रम गर्ने गरेको छ । इलाका प्रसाशन कार्यालय तुलसीपुरमा रहेको सामी परियोजनाकी सुचना तथा परामर्शकर्ता प्रिति घर्तीमगरले दिएको जानकारी अनुसार केन्द्रले आप्रवासी कामदार र तीनको परिवारको लागि सामुदायिक अभिमुखिकरण र वैदेशिक रोजगारमा जान थालेका र वैदेसिक रोजगारबाट फकिएका आप्रवासी कामदारको लागि केन्द्रले गहन अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आइरको छ । केन्द्र वैदेशिक रोजगारसँग जोडिएको जुनसुकै समस्याको जिज्ञासा र निशुल्क सीप तालिमको लागि सुचना केन्द्रसम्म आउन सवैमा अनुरोध समेत गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित