थारु फ्रेन्डस अमेरिकाद्धारा माघीको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

 

घोराही, ४ माघ । अमेरिकामा बस्ने थारु समुदायले माघीको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएकाछन् । थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

विगतको बर्षमा माघीको अवसरमा विभिन्न झाँकी जुलुस सहित साँस्कृतिक कार्यक्रम गरिदै आएपनि यस वर्ष कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो लहरलाई मध्य नजर गर्दै न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका थारु एण्ड फ्रेन्डस एशोसिएसनका उपाध्यक्ष दिपक चौधरीले बताए । उनका अनुसार त्यहाँ बस्ने नेपाली र अन्य समुदाय गरेर पाँच सय बक्स स्यानिटाइजर सहयोग गरिएको हो । आफुहरुले गरेको सानो सहयोगले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई न्यूनिकरण गर्नमा केहि सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरेकाथिए । यसैविच चौधरीले विश्वभर फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नलाई उच्च सतर्कता अप्नाउन समेत आग्रह गरेकाछन् ।

थारु एण्ड फ्रेन्डस एशोसिएसनका उपाध्यक्ष दिपक चौधरी नेतृत्वमा स्यानिटाइजर वितरण गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित