घोराही ७ मा झण्डै १७ लाख राजश्व संकलन

घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले बर्षदिनमा भएका कामहरुको बुधवारको दिन समिक्षा गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा वडाबाट सञ्चालन भएका पूर्वाधार बिकास, सामाजिक बिकास तथा अन्य गतिविधिको समिक्षा गरिएको हो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सचिव चन्द्रबहादुर केसीले ६३ वटा पूर्वाधार र सामाजिक बिकासका योजना छनौट गरेकोमा ६२ वटा सम्पन्न भएको जानकारी गराउनुभयो ।

यस्तै वडामा ७० वटा व्यावसया दर्ता, १६ लाख ९४ हजार एक सय ८५ रुपैया राजश्व संकलन भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले जनतालाई प्राविधिक पूर्वाधार सेवा वडाबाटै दिन यसै आर्थिक बर्षदेखी प्रत्येक वडामा एक जना इञ्जिनियर वा सव इञ्जिनियर खटाउने बताउनुभयो ।

उपभोक्ताहरुले योजनाको काम गर्दा धेरै प्राविधिक समस्या आएको गुनासो गरेको भन्दै उहाँले अव वडामै बस्ने गरी इञ्जिनियर खटाउन थालेको बताउनुभयो । सिँचाईको अभाव हटाउन ७ नम्वर वडामा पनि यसै बर्षदेखी ड्याम निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । कार्यक्रममा उपभोक्ता तथा टोल बिकास संस्थाका प्रतिनिधिहरुले बिकास निर्माणका काम गर्दा प्राविधिक समस्याका साथै ढुंगा गिट्टीको सहज आपूर्ति हुन नसकेको गुनासो गरेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित