घोराहीका नगरप्रमुख चौधरीले काठमाण्डौमा क-कसलाई भेटे (फोटो फिचर सहित)

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख नरुलाल चौधरीलाई बधाइ दिदै

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी अहिले काठमाण्डौमा भेटघाटमा ब्यस्ट छन् ।

उनि पार्टीका शिर्ष तहका नेता देखि सरकारी कार्यालयका उच्च तहका अधिकारीहरुसंग भेटघाट तथा घोराहीको समृद्धिको विषयमा छलफल गर्दै आएको उनको सचिवालयले जनाएको छ ।

नगर प्रमुख चौधरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री इश्वर पोख्रेलसंग भेटघाट गरेर घोराहीको समग्र विकास लागि छलफल गरिएको उनको सचिवालयले जनाएको छ ।

यसैगरी घोराहीको आर्थिक विकास र समृद्धिको लागि नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र वित्तिय विकास लागि राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसंग भेटघाट तथा छलफल गरेकाछन् ।

त्यसैगरी घोराही उपमहानगर भित्र विद्युतको समस्या र थप क्षमता विकासको लागि विद्युत प्राधिकरणका उपमहानिर्देशक हरराज न्यौपानेसंग भेटघाट तथा छलफल गरेको चौधरीको सचिवालयले जनाएको छ । (तस्बिर हेर्नुस्)

नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री इश्वर पोख्रेलले नगरप्रमुख नरुलाल चौधरीलाई बधाइ दिदै
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली संग नगरप्रमुख नरुलाल चौधरी
विद्युत प्राधिकरणका उपमहानिर्देशक हरराज न्यौपानेसंग नगरप्रमुख चौधरी
राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसंग नगरप्रमुख चौधरी
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसंग नगरप्रमुख चौधरी

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित