रेशम चौधरीलाई मुटु र खुट्टामा समस्या, उपचारको लागि वीर अस्पतालमा भर्ना


टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन्।

डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यकाअनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको हो।

तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए। पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

उनलाई २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। थारुवान डटकमबाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित