दाङमा एमालेमा प्रवेश गर्नेको लहर, शनिवार ६० बढिले गरे एमालेमा प्रवेश

दाङमा माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेको लहर बढेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा आज ६० जना भन्दा वढि माओवादी र समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नेकपा एमालेका नेता मुनाल घिमिरेले नेकपा एकिकृत (समाजवादी) का नेता यमबहादुर गौतमको नेतृत्वमा नेकपा माओवादी केन्द्र, समाजवादी र नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकता प्रवेश गरेको बताए ।

उनिहरुलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नरुलाल चौधरीले टीका लगाएर स्वागत गरेका थिए । घोराही उपमहानगरपालिकाका नगरप्रमुख समेत रहेका चौधरी एमालेको नेतृत्वमा मात्र देशका समृद्धि हुने बताएकाथिए ।

‘देशभर विभिन्न पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ, उनले भने,-एमालेको प्रभाव देखेर सत्तापक्षहरु अत्तालिएकाछन्, गठबन्धनबाट महागठ बन्धन बनाए पनि एमालेको अगाडि कुनै काम छैन ।’

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित