आत्मनिर्भर लघुवित्तको पाँचौ वार्षिक साधारण सभा 

आत्मनिर्भर लघुवित्त  वित्तीय सस्था दाङको  पाँचो बर्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा तथा ग्रामिण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोथियो ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी चौधरीले आत्मनिर्भर लघुवित्तले सस्थाले हजारौ गरिब तथा विपन्न परिवारलाई आत्मनिर्भर बनाएको बताइन । उनले लघुवित्त मार्फत गरिब तथा विपन्न परिवारलाई आर्थिक सशक्तिकरण संगसंगै उद्यमी समेत बनाएको बताइन । यसले आर्थिक रुपमले समाज परिवर्तन गर्नमा ठूलो योगदान गरिहेको चौधरीको भनाइथियो । पछिल्लो समय लघुवित्तीय सस्थाहलाई काम गर्न सहज नभएको भन्दै राज्यले सहज रुपमा काम गर्ने वातारण बनाइदिनुपर्ने बताइन ।
यस्तै सस्थाको प्रमुख प्रशासकीय अधिकृत सोगवितर चौधरीले ग्रामिण क्षेत्रका उद्यमी बन्ने चाहने नागरिकहरुलाई आत्र्मनिर्भर सस्थाले उद्यमी बनाउदै आएको बताए । लघुवित्तको कारण हजारौं परिवारको जिवन स्तर माथि उठेको छ, तर लघुवित्त विरुद्ध संघर्ष समिति लगायतको कारण अहिले काम गर्न सहज नभएको उनले गुनासे गरे । हामीले लुघुवित्तको मापदण्डमा रेहर काम गर्दा पनि हामीलाई काम गर्न सहज छैन, राज्यले हामीलाई सहज रुपमा काम गर्ने वातारण बनाइदिनुपर्छ ।
यस्तै उनले आर्थिक संकटको बाबजुद पनि आत्मनिर्भरको सूचक सकारात्मक रहेको बताए । यदपी गत बर्षभन्दा यस बर्ष सस्थाको नाफा घेटको भए पनि यसमा आत्तिहाल्नु पर्ने आवश्यक नभएको उनले बताए । यसै विच उनले आत्मनिर्भ लघुवित्त सस्थाले जिल्लामा सवै भन्दा कर तिरेर आन्तरिक राजस्व कार्यालयबाट दुइ पटक  सम्मान पाएको समेत जानकारी दिए ।
साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दे सस्थाकी अध्यक्ष मिरा चौधरीले गत आर्थिक बर्षभन्दा यस आर्थिक वर्षमा नाफा घटेको बताइन् । उनले गत आर्थिक बर्ष मंसिरम १ करोड चार लाख ११ हजार नाफा गरेको भएपनि यस आर्थिक वर्षमा ९५ लाख ९९ हजार मात्र नाफा भएको जानकारी दिइन । यस्तै उनले यस आर्थिक वर्ष मंसिर मसान्तसम १२ अर्ब १७ करोड ७२ लाख ६४ हजार कर्जा वितरण गरेको उनले बताइन ।
त्यस्तै १ अर्ब ३९ करोड १८ लाख ६१ ह्जार लगानीमा  कर्जा रहेको र सदस्यको बचतमा ८१ करोड ३० लाख ३ हजार रहेको अध्यक्ष चौधरीले जानकारी दिइन् । यस्तै यस आर्थिक वर्षमा ७ करोड ४९ लाख २६ हजार ब्याज आम्दानी र अन्य आम्दानीमा ७८ लाख १३ हजार रहेको चाधैरइले जानकारी दिइन । त्यस्तै सस्थाको अहिले सम्म २१ वटा शाखा रहेको र ग्राहक सदस्य संख्या ३६ हजार ८४८ रहेको जानकारी दिदै चौधरीले ऋणि सख्या १३ हजार ४१८ रहेको बताइन । उनका अनुसार गत आर्थिक मंसिर मसान्तसम्म १६ हजार ७०६ जना ऋणि सख्या थियो तर अहिले झण्डै गत वाषर्् भन्दा ३ हजार ऋणि संख्या घटेका छन् ।
सस्थाको सञ्चालक समिति सदस्य सुशील गिरीको स्वागत मन्तब्य बाट सुरु भएको साधाराण सभा कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियाशन, सामाजिक अभिन्ता डा.लोकराज पराजुली, अधिवक्ता गोमा महरा, शेयर धनी अशोक चौधरी, भीमकान्त चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकीथिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित