दाङ २ प्रदेश सभा (क) मा काँग्रेसका खनाल विजयी

दाङ २ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका राजु खनाल विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका खनाल आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राणालाइ १ हजार १६७ मतले पछाडि पादै विजयी भएका छन् । खनालले १५ हजार ६१६ मत ल्याएकाथिए भने उनको निकतम प्रतिद्धन्दी राणाले १४ हजार ४४९ मत प्राप्त गरेकाथिए ।

नेपाली काँग्रेस लुम्विनी प्रदेश कमिटिका उपसभापति समेत रहेका खनाल यस अघि २०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएकाथिए । प्रतिनीधि सभा सदस्यको पदको लागि दाबेदार गरेका खनाल गठबन्धनको भागबन्दाका कारण उनि प्रदेश सभा सदस्यका लागि टिकट पाएकाथिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गोपाल बेल्वासेले ३ हजार ६३७ मत प्राप्त गरेकाथिए

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित