देउखुरीका मतदाता भन्छन्,-‘शान्ताको विकल्प छैन, हाम्रो भोट सुर्यमा’

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्यको लागी प्रतिस्पर्धा गर्दैछन् ।


नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि मतदाता भेटघाटलाई तिब्रता दिएका छन् । यदपी यो क्षेत्रम नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पार्टीकी पोलिटव्यूरो सदस्य समेत रहेकी पुर्व सांसद शान्ता चौधरीको ब्यापक चर्चा रहेको छ ।

अठार बर्षसम्म कम्लरी बसेर राजनीतिमा उदायकी शान्ता चौधरीलाई हेर्न र उनको पक्षमा भोट माग्न स्वस्पूर्त रुपमा स्थानीयहरु लागि परेको स्थानीय राप्ती गाउँपालिका ४ की गुलाबी चौधरीले बताइन । कमलरी र भुमहिन आन्दोलनबाट खारिएर आएकी शान्ता चौधरी राष्ट्रिय राजनीतिम राम्रो छवि बनाएकीछन ।

२०६४ र २०७४ मा नेकपा एमाले तर्फबाट समानुपातिक कोटामा दुइ पटक सांसद बनिसकेकी शान्ता चौधरी नीतिनिर्माण धेरै अनुभवी र दख्ल नेताको रुपमा परिचितछन् ।

वर्गिय नेताको रुपमा स्थापपित भएकी शान्ता चौधरी यस क्षेत्रका बलियो र लोकप्रिय उम्मेदवार भएकोले सहजै रुपमा जित्ने स्थानीहरु दाबी गर्छन । शान्ता चौधरी विकास प्रेमी, लोपप्रिय र अनुभवी नेता भएकाले अहिलेको निर्वाचनमा शान्ता चौधरी नै जित्ने स्थानिय लमही ७ का प्रेम चौधरीले बताए । मेटमणिलाई पाँच वर्षको लागि जिताएर पठाएपनि एकदिन फर्किएर गाउँ न आउने र काम भन्दा बढि गफ गर्ने भएकोले यिहाँका मतदाता शान्ता चौधरीलाई रोजेको उनले बताए ।

यसैगरी गढवा ५ का रामविर यादवले अखहलेको निर्वाचनमा एमालेका उम्मेदवार शान्ता चौधरी जित्ने दाबी गरे । ‘एमालेको नेतृत्वमा दाङ देउखुरीमा धेरै विकास भएको छ, यसैले पनि यहाका मतदाता प्रभावित भएकाछन्, उनले भने, –एमालेले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यामा ल्याएर धेरै गुण लगाएकोले पनि यसको ऋण तिर्णलाई पनि मतदातादे शान्ता चौधरीलाई जिताउछन् ।’

शान्ता चौधरी जनताके कथा, व्यथा बुझ्ने नेता भएकोले आफुहरुले शान्ता चौधरीलाई जिताउनको लागि परेको राजपुर ५ की सीता चौधरीले बताइन् । देउखुरीले खोजेको जस्तै एमालेले महिलालाई उम्मेदवार बनाएकोले देउखुरीका महिलाहरुले आफ्नो प्रतिनीधिलाई जिताउन खुलेर लागेकाछौ, उनले भनिन्, अब यो क्षेत्रमा शान्ताको जितलाई कसैले रोकन सक्दैन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित