घोराहीमा एमालेको संगठन विस्तारमा तिव्रता, झिंगौरामा १५० जना एमालेमा प्रवेश

घोराही, ११ पुस । नेकपा एमाले घोराहीले संगठन विस्तारलाई तिव्र बनाएको छ । स्थानीय तहको निर्वाचानलाई लक्षित गर्दै एमालेले गाउँ, टोल कमिटि विस्तारमा लागेको हो । यसैविच एमाले नगर कमिटि घोराहीले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा नगेन्द्र चौधरीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरेको नगरका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार सोहि टोलमा सन्तोष चौधरीको अध्यक्षतामा २१ सदस्य युवा संघ कमिटि गठन गरेको छ ।


त्यसैगरि घोराही १४ झिंगौरा गाउँमा सुशीला चौधरीको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ र नवीन चौधरीको अध्यक्षतामा ३९ सदस्यीय युवा संघ गठन गरेको छ ।यसैगरि घोराही ७ वैसाहीमा रबिन चौधरीको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा खुशीराम चौधरी, सचिवमा नरबहादुर चौधरी, उपसचिवमा आशा चौधरी र शान्ता चौधरी रहेकाछन् ।


यसैविच नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराही १४ झिंगौरामा १ सय ५० जना नव प्रवेशीहरुलाई टिका र माला लगाएर स्वागत गरेकाथिए । उनिहरुले एमालेको नीति र सिद्धान्त राम्रो भएकोले माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेको बताएका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित