संक्रमित खोज्दै, घर दैलौमा पुग्दै एमाले

दाङ, १३ जेठ । नेकपा एमाले घोराही ४ का युवा नेता तथा स्थानीय जनप्रतिनीधिहरुले कोरोना संक्रमितहरुलाई खोज्दै, घरदैलोमा पुगेर संक्रमितहरुलाई सान्तवना दिदै आएकाछन् । उनिहरुले
संक्रमितहरुलाई भेट्न जाँदा मास्क र स्यानेटाइजरका साथै एक क्यारेट अण्डा समेत दिदै आएको छन् ।

संक्रमित भएका र निको भएकाहरुलाई हौसला प्रदान गर्नका लागि आफूहरुले घर दैलो अभियान कार्यक्रम चलाएको एमाले घोराही ४ का इन्चार्ज मुनाल घिमिरेले वताए । आफुहरुले कोरोनाबाट संक्रमित र निको भएकाहरुको हौसला प्रदानसंगै स्वास्थ्य सामग्री, पौष्टिक आहार सहयोग गर्दै आएको उनले जानकारी दिए । अहिलेसम्म घोराही ४ वडाका विभिन्न टोलमा पुगेर करिब ५५ जनालाई भेटेर सान्तवना र हौसला प्रदान गरेको बताए । घोराही ४ वडामा अहिलेसम्म ६७ जना कोरोनाबाट संक्रमित भएको तथ्याङक प्राप्त भएको इन्चार्ज घिमिरेले जानकारी दिए । उनकाे भनाइ अनुसार ६७ मध्ये ५-६ जनाको जिल्ला बाहिर उपचार भइरहेको छ भने केहिको घोराहीमा उपचार भइरहेको छ। आफुहरुले संक्रमित भएका सवैको अवस्था बुझ्ने र आवश्यक परेको सहयोग गर्दै संक्रमतिहरुको उच्च मनोवलका लागि सान्तवना र हौसला दिदै आएको घिमिरेले बताए ।

घिमिरेको नेतृत्वमा उमेश विक, रेखा घर्ती, विमला सुवेदी, लिला गोतामे, मधुकर पोख्रेल, पशुपति पोख्रेल, भिमबहादुर कवँर, वामदेव गुरुङ, पवित्रा घर्ति लगायतको टिम रहेको छ । यो टिमका अभियान देखेरे सवैले प्रशंसा गरिरहेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित