राप्ती-९ को वडाध्यक्षमा मगर निर्वाचित

राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चाको समर्थन रहेका मगर ३५८ मत प्राप्त गरेर निर्वाचित भएका हुन। उनी यसअघि पनि वडा अध्यक्ष थिए।

यसै गरी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत ल्याएका छन्। नेकपा (एमाले) का बालाराम बुढाले ७६ मत प्राप्त गरेका छन्।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित