माँगर कृतिको विमोचन, थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्नमा जोड

घोराही, १६ साउन । थारु समुदायको विवाहमा विशेषरुपमा गाउने चर्चित गीत ‘माँगर’ कृतिको विमोचन गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम गरेर उक्त कृतिको विमोचन गरिएको हो ।

लौव अग्रासन साप्ताहिकको प्रकाशनमा तथा लोक गायक् एवं थारु संस्कृतविद अगुवा बेझलाल चौधरीद्धारा लेखिएको ‘माँगर’ कृतिको घोराही उपमहनगरपालिकाका उपप्रमुख सितासिग्देल न्यौपानेले विमोचन गरेकी थिइन् ।

कृतिको विमोचन गर्दै उमहानगनगरकी उपप्रमुख न्यौपानेले थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्नुपर्ने कुरामा जोडदिएकी छन् । थारु समुदायको आफ्नै मौलिक् पहिचान, कला, संस्कृति हुदाहुदै पनि पछिल्लो समयमा लोप भइरहेको बताउदै उपप्रमुख न्यौपानेले यसको विकासका लागि युवा पुस्ताले गर्नुपर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी न्यौपानेले थारु समुदायको भाषा, साहित्य, कला संस्कृतिको विकासको लागि घोराही उपमहानगरपालिका सधै लागि परेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकिथिइन् ।

यसैगरि कृतिको समिक्षा गर्दै लोक तथा संस्कृति विद डा. गोविन्द आचार्यले माँगरमा थारु समुदायको वास्तविक लोक जीवन समेटिएको बताए । कुनै बेला माँगर गीत विना थारु समुदायको विवाह नहुने प्रसंग निकाल्दै उनले भने तर विडम्वना पछिल्लो समयमा माँगर गीत लोप भइरहेको छ । अबको युवा पुस्ताले माँगर लगायत थारु समुदायको मौलिक कला, संस्कृतिको उजागर गर्दै त्यसको संरक्षण र प्रवद्धन गर्नुपर्ने कुरामा जोड दिए ।

लौव अग्रासन साप्ताहिकका प्रधानसम्पादक केवि चौधरीको अध्यक्षतामा भएको माँगर विमोचन कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, माँगर लेखक लोकगायक् एवं थारु संस्कृतविद बेझलाल चौधरी लगायतले बोलेकाथिए ।

कार्यक्रमको सहजीकरण लौव अग्रासन साप्ताहिकका प्रकाशक सम्पादक सन्तोष दहितले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित