मुख्यमन्त्री चौधरीको सचिवालयमा तीन थारु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नोे सचिवालयमा तीन जना थारुलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले आफ्नो सचिवालयमा तीन थारु सहित नौ जनालाई नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइट https://ocmcm.lumbini.gov.np/pages/adviser मा उल्लेख भए अनुसार मुकुन्द गौतमलाई स्वकीय सचिव, गोपाल शर्मा भट्टराइलाई प्रेस संयोजक, हेमन्द्र खड्कालाई स्वकीय अधिकृतको जिम्मेवारी दिएकाछन् । यस्तै उनले रोजी डाँगीलाई दोभाषे, कृष्णप्रसाद न्यौपानेलाई फोटो ग्राफर र भेषराज बुढाथोकीलाई कम्प्युटर अपरेटरको जिम्मेवारी दिएकाछन् ।

त्यस्तै  प्रदेशु चौधरीलाई हलुका सवारी चालक, बाबुराम चौधरी र अर्जुन चौधरीलाई कार्यालय सहयोगीको जिम्मेवारी दिएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित