क्यान्सर पीडित चौधरीको उपचारको लागि सहयोगको याचना

ब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् ।

१२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन ।

छोरीको उपचारमा अहिलेसम्म १६ लाख बढि खर्च भइसकेको बताउदै चौधरीले भनिन्, ‘छोरीको उपचारको लागि अझै ३० लाख सम्म लाग्छ रे, त्यो पनि यहाँ उपचार हुदैन, भारत लग्नुपर्छ भनेपछि आफुहरुलाई सवैसंग आर्थिक सहयोगको लागि याचना गर्नुपर्ने बाध्यता आइलाग्यो ।’

‘घरमा भएको थोरै जग्गा थियो, त्यो पनि बेचेर सक्यो, गहभरी आँशु पार्दै उनले भनिन्,–जग्गा जमिन, गरहना बेचेर पनि नपुगेपछि छरछिमेकीसंग जसोतसो ऋण धन लिएर उपचार गराइरहेका छौं, तर उपचारको लागि थप ३० लाख रकम चाहिने भनेपछि यत्रो रकम कहाँ खोज्न जाउँ ।’

आर्थिक अवस्था अत्यन्त कम्जोर भएकोले क्यान्सर पीडित पार्वतिकी आमा जानकी चौधरीले छोरीको उपचारको लागि सबैसंग आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

बिरामीलाई सहयोग गर्न चाहने व्यक्तिले (९८२१६४७०९१ वा ९८११६३५६५४) मा सम्पर्क गर्न अनुरोध गरिएको छ । या क्यान्सर पीडित पार्वतीको आमा जानकी चौधरीको नाममा रहेको कुमारी बैंकको खाता नं.२१८०२३०५२३७००००१ मा सिधै रकम जम्मा गरेरर पनि सहयोग गर्न सकिने छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित