एनआरएनए साइप्रसको अध्यक्षमा पुन

घोराही, ३१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको अध्यक्षमा दिलकुमारी तिलिजा पुन चयन भएकी छिन् । आइतवर भएको साइप्रसको आठौं अधिवेशनले पुनलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।

तस्विरः सरिताकुमारी चौधरीको फेसबुकवालबाट ।


यसैगरि साइप्रसको उपाध्यक्षहरुमा अन्तेश रावत, जसमाया पुन र किस्मत पौडेल महासचिवमा कुप थापा, सचिवमा पुरनबहादुर मगर, कोषाध्यक्षमा दिनेश ढकाल चयन भएका छन् । यसैगरि अधिवेशनले महिला प्रतिनिधिमा सरिताकुमारी चौधरी, युवा प्रतिनिधिमा कुन्दन कार्की, र प्रवक्तामा दिनेश हरिजम गौतमलाई सर्वसहमतिमा चयन गरिएको छ ।

तस्विरः सरिताकुमारी चौधरीको फेसबुकवालबाट ।


यसैगरि साप्रसका सदस्यहरुमा कालिका थापा, धिराजनकुमार खड्का, रञ्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सञ्जयकुमार मण्डल, राजन श्रेष्ठ, नेतिशकुमार सरदार, सुरज रानाभाट चयन भएका छन् । यसैगरी, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखरेल पनि सदस्यमा चयन भएका छन् । साइप्रसका अध्यक्ष सुभास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अवैतनिक नेपाली वाणिज्य दूतावासका मानार्थ वाणिज्य दूत डा. रामजीवन पञ्जियार प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न भएकोथियो ।

तस्विरः सरिताकुमारी चौधरीको फेसबुकवालबाट ।


कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि डा. पञ्जियारले विदेशमा दुःख गरेर कमाएको पैसा बचत गरेर स्वदेशमा केहि गरेर देखाउनुपर्ने कुरामा जोडदिएका थिए । आफुले पनि प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानका लागि एआरएनएसंग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेकाथिए । कार्यक्रममा आइसीसी प्रतिनिधि रञ्जित महत, निर्वाचन समिति प्रमुख सुरेशकुमार शाह, सदस्यद्वय विकास दवाडी, यम थापा लगायतको उपस्थिति रहेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित