महेन्द्र बहुमुखी क्याम्पस दाङको प्रमुखमा न्यौपाने नियुक्त

घोराही, १५ पुस । महेन्द्र बहुमुखी क्याम्पस दाङको क्याम्पस प्रमुखमा भरतराज न्यौपाने नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार सह प्राध्यापक न्यौपानेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

शालिन र भद्र स्वभावका न्यौपाने यस अघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएकोथियो । भूगोल विषयका सह प्राध्यापक न्यौपाने एमाले निकट हुनुहुन्छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित