लक्डाउनको घेराबन्दीमा..! (कविता)


के.वि. चौधरी


फूलहरुको देशमा
मृत्‍यु भयले राज गर्दा
कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन
मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ ।

मरुभुमिको देशमा
पथ्थर सँग जुधिरहेका
यी हातहरु
लक्डाउनको घेराबन्दीमा
सम्झिरहेछ देश
प्रिया ती कोपिला र मुनाहरुलाई
जोगाइराख्नु ल ।

फैलीरहेछ यो सम्या
कठोर छ यो जँग
उस्तै निष्ठुरी,
एकाकार मुटुहरुलाई
चुडाइदिन्छ निमेष भरमा
खरानी भैदिन्छ
अन्तिम चुम्बन र अँगालो ।

जनमभरको यो विश्वाश
टुटेर नझरोस प्रिया
तिम्रो साथमा त्यो उकालो चढ्नु छ
ती जँघार तर्नु छ
सात घुम्तीहरुमा सम्हालिनु छ
अनी लेख्नु छ
एउटा कालजयी प्रेम कथा ।

नियतीले त्यो बसन्तमा
कोकिल धुनहरु पठाउन नसकुला
लभ्लिन क्यान्भासभित्र
कैद् होलान नहोलान
मिलनका खुशीयालीहरु ,
तर जुनुन उस्तै चम्किलो भैराखोस्
डरो रहोस् आत्मबिश्वास
दुश्मन अबश्य पराजित हुनेछ
जितको अर्को इतिहास कोरिने छ दुनियाँमा ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित