प्रतिष्ठानले सातै प्रदेशमा मौलिकबाजाहरुको प्रशिक्षण चलाउने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा मौलिक बाजाहरुको प्रशिक्षण चलाउने भएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा पुगेर मौलिक बाजाहरुको प्रक्षिण गर्ने योजना रहेको बताए । नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री लोप हुने अवस्थामा पुगेकोकोले त्यसको प्रवद्र्धन गनु आवश्यक भएकाले आफुहरुले यो कार्यक्रम संचालन गर्न लागेको उनले जानकारी दिए ।
चालु आ.व.मा लोप भइरहेका मौलिकबाजा तथा लोकभाकाकाको अभिलेखीकरण गर्ने काम भइरहेको छ, उनले भने -‘अब छिट्टै मौलिक बाजाहरुको प्रक्षिण चलाउछौं ।’

उनका अनुसार सातै प्रदेशका कम्तिमा तीन तीन स्थानमा भिन्दाभिन्दै लोकबाजा वादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ । लोकबाजा बजाउन सक्ने दक्ष कलाकार जनशक्ति उत्पादन गर्ने प्रमुख उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिनेछ ।” उनको महत्वकांक्षी योजना बारे छलफल भइरहेको को छ ।

नेपाली मौलिक लोकबाजाहरूको आर्केष्ट्रा सोच्नुभन्दा पहिले पर्याप्त मात्रामा ती बाजा वादनसम्बन्धी दक्ष कलाकार ९जनशक्ति० उत्पादन गरिनु अपरिहार्य भएकोले यस्तो योजना ल्याइएको उनले प्रस्ट पारे । “भावी पुस्तालाई आफ्ना मौलिक लोकबाजा बजाउन र सैद्धान्तिक ज्ञान सिकाउनका लागि पनि यस्तो प्रशिक्षणमूलक कार्यक्रम जरुरी छ” उनले भने । यस अभियानमा सम्बन्धित सबै सरोकार पक्ष सबैको साथ र सहयोग रहने आफू विश्वस्त रहेको बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित