साइप्रसमा ल्याए नेपालीहरुले सेफ हाउस, दशैको असवरमा साइप्रसमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

घोराही, २ असोज । साइप्रसमा रहेका नेपालीहरुले नेपाली महिलाहरुलाई सहयोगका लागि सेफ हाउस सञ्चालनमा ल्याएकाछन् ।
आपतविपदमा परेका महिलाहरुको आपतकालीन समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले सेफ हाउस सञ्चालनमा ल्याएको हो । अप्ठ्यारोमा परेका महिला दिदीबहिनीहरुलाई सेफ हाउसमा राखेर समस्या समाधान गर्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको एनआरएनए साइप्रसका महिला प्रतिनिधि सरिता चौधरीले जानकारी दिइन् ।

रोजगारी र अध्ययनको सिलसिलामा धेरै नेपालीहरु साइप्रस पुगेका छन् । गत हप्तामात्र एनआरएनए साइप्रसको आठौं अधिवेशनले दुई वर्षको लागि महिलालाई नै नेतृत्व सुम्पेको छ ।दिलकुमारी तिलिजा पुनको नेतृत्वमा रहेको साइप्रसले महिलालाई आइपर्ने समस्या समाधानमा धेरै नै सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैगरी, एनआरएनए साइप्रसले नेपालीहरुको महान चाड दसैंको अवसरमाा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने जनाएको छ ।
एनआरएनए साइप्रसका महिला प्रतिनिधि सरिता चौधरीका अनुसार साइप्रसमा छरिएर बसेको नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुको बिचमा शुभकामना आदाना प्रदान तथा भेटघाट गर्न लागिएको हो । आउँदो अक्टोबर ६ तारेखमा दसैं उत्सव कार्यक्रम र अक्टोबर २० तारेखमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्ने आयोजक सस्थाले जनाइएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित