थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीब्र

सुर्खेत, ६ चैत । थारु राष्ट्रिय साहित्य सम्मलनको तयारी तीब्र बनाइएको छ । सम्मेलनलाई भब्य र सभ्य बनाउनको लागि थारू कल्याणकारिणी सभा सुर्खेतको पहलमा, थारू महिला सभा, थारू युवा सभा एवम् जंग्ररार साहित्यिक बखेरी र लखागिन साहित्य श्रृङ्खलाको संयुक्त्त वैठक बसेको वैठकले वुद्धिजीवि मान बहादुर चौधरी पन्नाके संयोजकत्वमा २५ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।


त्यसैगरि साहित्य सम्मेलन तयारी समितिको सदस्यमा राज कुमारी चौधरी, दिल बहादुर चौधरी, अन्जली चौधरी, विष्णु चौधरी, कल बहादुर थारू, महेन्द्र चौधरी, सन्तोष चौधरी,राजु चौधरी, बुदधिराम चौधरी, हेमन्त चौधरी, निशु चौधरी, निर्मला चौधरी, रामकृष्ण चौधरी, उषा चौधरी, लक्ष्मी चौधरी, बसन्ता चौधरी, शान्ति चौधरी,कृष्णा चौधरी, सुमित्रा चौधरी, लोक बहादुर चौधरी , ईन्द्र चौधरी, राम चन्द्र चौधरी रहेकाछन् । यसैगरि सम्मेलन तयारी समितिको सदस्य सचिवम जेबि डेमनडौरालाई जिम्मेवारी दिइएको सम्मेलनका संयोजक मानवहादुर पन्नाले जानकारी दिए ।

त्यसैगरि सम्मेलनको लागि आर्थिक उपसमिति, भोजन व्यबस्थापन उपसमिति र प्रचारप्रसार उप समिति तथा बाँस व्यवस्थापन उपसमिति गठन गरिएको संयोजक पन्नाले जानकारी दिए । उनको अनुसार सम्मेलनको सल्लाहकारमा बेचुलाल चौधरी, सनिसरा महतम, पवनकुार थारू, नोदनारायण चौधरी रहेकाछन् । साहित्य सम्मेलन यहि चैत २१ र २२ गते कर्णाली प्रदेश थारू होमस्टे नयाँगाउमा हुदै छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित