फरवार्ड संस्थाद्धारा कोभिड–१९ कोषमा १३ लाख ८५ हजार सहयोग

काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो रकम बरावरको चेक हस्तान्तरण गरेकिहुन् ।

उक्त रकम बराबरको चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विश्वव्यापी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम नियन्त्रण गर्न समुदाय र वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको अध्यक्ष चौधरीले बताइन् ।

फरवार्ड माइक्रो फाइनान्स संस्थाबाट १० लाख रुपियाँ, वित्तीय संस्थाका कर्मचारीहरुको एक दिनको तलब बराबर ३ लाख ८५ हजार ४ सय ६५ रूपैयाँ रहेको सो संस्थाले जनाएको छ ।

सोहीअनुसार फरवार्डले प्रदेश सरकार अन्तर्गत स्थापना गरेको राहत कोषमा पनि रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाको जिल्ला स्थानिय निकाय राहत सामग्री एवम् सेनिटाइजर माक्स पीपीई वापत सातै प्रदेशलाई १० लाख खर्च गरिने फरवार्डका अध्यक्ष चौधरीले जानकारी दिएकी छन् । सरकारले गठन गरेको सो राहत कोषमा आवश्यक सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

हमार पहुरा डटकमबाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित