चिल्द्रह्वा समाजकों जिल्ला सम्मेलन


घोराही, २० माघ । चिल्द्रह्वा थारु समाज दाङको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजको अध्यक्ष भरत चिल्द्रह्वा थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु समुदायको हकहितको लागि सवै थारु एक हुनुपर्ने कुरामा जोड दिएका थिए ।


थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले चिल्द्रह्वा समाजले आफ्नो गोत्यार सम्मेलन गरेर छरिएर रहेका चिल्द्रह्वा थरको थारुहरुलाई एकिकृत गरेर एक आपसमा मित्रता, प्रेम, सद्भाव कायम गर्नमा राम्रो काम भएको बताए । थारु समुदायको विभिन्न थरहरु भएता पनि सवैले चौधरी लेख्ने र कुन चौधरी कुन थरको हो भनेर पहिचान गर्न गाह्रो भएको समयमा गोत्यारहरुको पहिचान गर्नमा पनि यो सम्मेलनले राम्रो गरेका बताए । उनले गोत्यार सम्मेलनसंगसंगै थारु समुदायको समग्र अधिकारको लागि सवै थारुहरु एक हुनुपर्ने कुरामा समेत जोड दिए थिए ।

समाजकी सदस्य बुढन्या चिल्द्रह्वाको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलन कार्यक्रममा थारु आयोगका प्रस्तावित एवं थारु वुद्धिजीवि विकास चौधरी, पत्रकार सन्तोष दहित, चिल्द्रह्वा थारु समाज दाङका सस्थापक अध्यक्ष एवं सल्लाहकार जगविर चिल्द्रह्वा, आशाराम चिल्द्रह्वा लगायतले शुभकामना व्यक्त गरेकाथिए । कार्यक्रमको सहजीकरण समाजको सचिव किरण चिल्द्रह्वाले गरेकाथिए । यसैविच सम्मेलनले चिल्द्रह्वा समाजमा आवद्ध भएका सदस्यहरुरले हरेक महिना एक दुइ दुइसयको दरले पैसा उठाउने र चिल्द्रह्वा थरका थारुहरुलाई समस्या परेको बेला सहयोग गर्ने निर्णय भएको चिल्द्रह्वा थारु समाज दाङका सस्थापक अध्यक्ष एवं सल्लाहकार जगविर चिल्द्रह्वाले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित