संविधान दिवसको अवसरमा दंगीशरणमा सरसफाई

दिप्तीशिखा चौधरी
दंगीशरण, २ असोज । दंगीशरण गाउँपालिकाले संबिधान दिवसको अवसरमा दंगीशरण गाउँपालिकाले सरसफाई गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोउल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फह्रराऔँ, घरघरमा दिपावली मनाओँ भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।


सरसफाई नै मानीसको असल परिचय हो भन्ने उद्धेश्यले गाउँपालिकाको परिसरमा रहेका झार, जंगल फालेर सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा नेकपा दंगीशरण गाउँपालिकाका अध्यक्ष भरत अधिकारी, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल सहित गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी, सर्वसाधारणहरुको सहभागिता रहेको थियो । सरसफाई अभियानको शुरुवात गर्दै प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले ¥याली भन्दा भनी सरसफाई कार्यक्रम उपलब्धिमुलक रहेको भन्दै सरसफाई कार्यक्रमको आयोजना गरेको बताए । यसले गाउँघरमा राम्रो शन्देश जानुका साथै मानीसको जिवनशैलीमा परिवर्तन आउने बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित