बारको अध्यक्षमा घिमिरे, उपाध्यक्षमा आचार्य निर्वाचित

घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । उनि आफ्नो निकतम प्रतिद्धन्दीलाई १ मतले पछाडि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन । आचार्यले ६० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्दी ठाकुरप्रसाद ओलीले ५९ मत गरेकाथिेए । त्यसैगरि सचिबमा सञ्जय कुमार केसीले ७० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नारायण प्रसाद डाँगीले ४९ मत ल्याएका थिए । यसैगरि कोषाध्यक्षमा ठाकुरप्रसाद गिरीले ६४ मत ल्याएर निर्वाचि भएकाछन् । उनका निकटम प्रतिद्वन्दी प्रेमबहादुर ओलीले ५१ मत प्राप्त गरेका छन् ।
निर्वाचित अध्यक्ष उपाध्यक्ष नेकपा र काँग्रेस निकट कानून व्यवसायीका विद्रोहि प्यानलका हुन भने सचिव र कोषाध्यक्ष नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवार हुन् । यसैगरि सदस्यहरुमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा निर्वाचितहुने सदस्यहरुमा हरि बेलबासेले ५६, नारायणप्रसाद रिजालले ५६, भरत न्यौपानेले ५६, निर्मलेधरी दाहालले ७५, निर्मला सुवेदीले ६७, ओमभक्त डाँगीले ५८, अच्यूतराज न्यौपानेले ६० मत ल्याएर बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा निर्वाचन अधिकृतका अनुसार एकसय २५ मतदाता मध्ये एकसय २० जनाले मतदान गरेका थिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित