बारको अध्यक्षमा घिमिरे, उपाध्यक्षमा आचार्य निर्वाचित

घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । उनि आफ्नो निकतम प्रतिद्धन्दीलाई १ मतले पछाडि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन । आचार्यले ६० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्दी ठाकुरप्रसाद ओलीले ५९ मत गरेकाथिेए । त्यसैगरि सचिबमा सञ्जय कुमार केसीले ७० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नारायण प्रसाद डाँगीले ४९ मत ल्याएका थिए । यसैगरि कोषाध्यक्षमा ठाकुरप्रसाद गिरीले ६४ मत ल्याएर निर्वाचि भएकाछन् । उनका निकटम प्रतिद्वन्दी प्रेमबहादुर ओलीले ५१ मत प्राप्त गरेका छन् ।
निर्वाचित अध्यक्ष उपाध्यक्ष नेकपा र काँग्रेस निकट कानून व्यवसायीका विद्रोहि प्यानलका हुन भने सचिव र कोषाध्यक्ष नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवार हुन् । यसैगरि सदस्यहरुमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा निर्वाचितहुने सदस्यहरुमा हरि बेलबासेले ५६, नारायणप्रसाद रिजालले ५६, भरत न्यौपानेले ५६, निर्मलेधरी दाहालले ७५, निर्मला सुवेदीले ६७, ओमभक्त डाँगीले ५८, अच्यूतराज न्यौपानेले ६० मत ल्याएर बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा निर्वाचन अधिकृतका अनुसार एकसय २५ मतदाता मध्ये एकसय २० जनाले मतदान गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित