थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा

थारु राष्ट्रिय साहित्य सम्मेलन -२०८० तयारी अन्तिम चरणमा पुगेको छ । थारू लेखक संघको आयोजना तथा हौली परिवार सुनसरीको सहआयोजनामा हुन लागिएको ८ औं साहित्यक सम्मेलनको तयारी अन्तिममा पुगेको आयोजकले जनाएको छ ।

यहि माघ २६ र २७ गते सुनसरीको गढि २, गढदेव थानमा आयोजना हुन लागिएको साहित्यक सम्मेलन मा राष्ट्रिय स्तरकै साहित्यकार, लेखक, स्रष्टाहरुको उपस्थिति रहने थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिका संयोजक एंव थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए । उनका अनुसार पहिलो थारू साहित्यिक सम्मेलन २०७३ मा दाङको घोराही भएकोथियो । त्यस यता निरन्तर सम्मेलन हुदै आएको छ ।

थारू भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ ।

यस्तै सम्मेलनमा दर्जन भन्दा वढि थारु पुस्तकको विमोचन गर्ने र थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिने आयोजकले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित