गठबन्धनमा माओवादीलाई ३८ सिट, अरु दलको भागमा कति ?

सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाडमा जुटेको छ । सरकारले मंसीर ४ गतेका दिन प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि गठबन्धनका शिर्ष नेताहरु सिट बाँडफाडमा जुटेका हुन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन गरेर चुनावमा होमिएका गठबन्धनका शिर्ष तहका नेताहले प्रतिनीधि सभा र प्रदेश सभामा पनि गठबन्धन गरेर जाने निर्णय गरिसेकाछन् । गठबन्धनले आसन्न निर्वाचनको सिट बाँडफाडको लागि नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ। उक्त कार्यदलले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सिट वाडँफाड गर्ने तयारीमा जुटेको देखिन्छ । यदपी निष्कर्ष भने निकालेको छैन ।

गत निर्वाचनमा वडाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको १ करोड १५ लाख ४० हजार ३८ मत मध्ये गठबन्धनका पाँच दलले ६५ लाख ४८ मत पाएको थियो। गठबन्धन दलले प्राप्त गरेको मतलाई १६५ निर्वाचन क्षेत्रले भाग गर्दा प्रति निर्वाचन क्षेत्र ३९ हजार ३९४ मत पर्न जान्छ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३, माओवादी केन्द्रले  १५ लाख ३ हजार २४७, जसपाले  ५ लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र जनमोर्चाले ४० हजार ४९१ मत पाएको थियो। जसअनुसार कांग्रेसले १००, माओवादीले ३८, जसपाले १५, एकीकृत समाजवादीले ११ र जनमोर्चाले १ सिट पाउने देखिन्छ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित