नेकपाकी सचेतक चौधरीले भनिन्,-‘म आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई सांसद देख्न चाहन्छु’


घोराही, १२ मंसिर । नेकपा संघिय संसदीय दलको सचेतक शान्ता चौधरीले आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई यो देशको सांसद बनेको देख्न चाहेको बताएकीछिन् । विहिबार घोराहीको चौघेरामा आयोजित मुक्त कमलरी विकास मंचका पदाधिकारीहरूको लागि तिन दिने नेतृत्व विकास तालिम समापन कार्यक्रममा चौधरीले यस्तो कुरा बताएकीहुन्।

उनले भनिन्,- ‘मान्छेमा इच्छाशक्ति भयो भने असम्भब भन्ने कँहिहुदैन तर सफलता प्राप्त गर्नका लागि संघर्ष गर्न भने अवस्य रहेको बताइन् । बिगतका दिनमा १८ बर्ष सम्म कमलरी काम गरि संघर्ष गर्दै आज यो ठाउँमा पुगेको अनुभव सुनाउदै चौधरीले तालिममा सहभागी भएका मुक्त कमलरी बहिनीहरुलाई उत्पप्रेरणा र हौसला दिएकी थिइन् । उनले भनिन्, ‘तपाइहरु र म एउटै बर्ग समयुदायबाट आएकाले तपाइहरुको पनि धेरै अवसर र सम्भावना छन्, तर त्यस्को लागी तपाइहरु अहिले देखि अठोट गर्नुस्, संघर्ष गर्नुस्, अवस्य यो देशको ठूलो मान्छे बन्नुहुन्छ, म त्यो देख्न चाहन्छु ।’


कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सचेतक चौधरीले मुुक्त कमलरीहरुको लागि अहिलेको सरकारले धेरै काम गरेको बताउदै त्यसलाई सस्थागत गर्नुपर्नेु कुरामा जोडदिएकीथिइन । ‘अहिलेको सरकारले मुक्त कम्लरीहरुको लागि कानुन बनाएको छ, नीति निर्माण गरेको छ, उनिहरुको लागि निशुल्क शिक्षा, रोजगारीको लागि कोटा छुत्याएका छ, उनले भनिन्,–‘पढन नसकेको बहिनीहरुलाई विभिन्न सिपमुलक तथा आयआर्जनका तालिमको ब्यबस्था गरेको छ, तर यो अवसरलाई हामीले सदुपयोग गर्नसकेका छैनौ ।’ त्यसैले सरकारले दिएको सुबिधा र अबसर लिनको लागी आजै देखि चनाखो भएर लागौं उनले भनिन्, यदपी मुक्त कमलरीहरुको पुनस्थापनको लागी जति गर्नुपर्ने हो त्यति हुन सकेको छैन, त्यसको लागि तपाइहरु रचनात्मक कार्यक्रम मार्फत दबाब दिनुस्, म पनि मुक्त कमलरीहरुको अधिकारको निम्ती सधै लाग्ने छु र मेरो सहयोग साथ सधैभरि रहेने प्रतिबद्धता व्यक्त गर्दछु ।’
सोहि कार्यक्रममा चौधरीलाई मुक्त कम्लरीहरुले सरकार संग भएको सहमतिलाई कार्यान्वयनको लागी पहल गर्नु पर्ने लगायत मुक्त कमलरीहरुको सवाल तथा माग सम्बन्धि १४ वुँदे ज्ञापन पत्र पनि बुझाइएकोथियो ।

मुक्त कमलरी विकास मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका १७ का वडा अध्यक्ष खुशीराम चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, नायफ नेपालका परियोजना अधिकृत फकला थारु,घोराही उपमहानगरपालिका १७ गुलरियाका महटावा रामप्रकाश चौधरी, पत्रकार दुर्गालाल केसी, सन्तोष दहित लगायतले बोलेकाथिए । मंचकी उपाध्यक्ष हरिमाया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नायफ नेपालकी कार्यक्रम सहायक सुजाता चौधरीले गरेकिथिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित