भदौं २७ गते थारु समुदायको अट्वारी, लुम्विनी प्रदेश सरकारद्धारा सार्वजनिक विदा

लुम्विनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारी पर्वको अवसरमा भदौै २७ गते सार्वजनिक विदा दिने भएको छ ।

आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव रविलाल पन्थले अट्वारीमा सार्वजनिक विदा दिने निर्णय भएको दंगीशरण खवरलाइ बताए । उनका अनुसार आज बेलुका या भोलीसम्म मन्त्रालयको वेवसाइटमा सार्वजनिक विदा बारे सूचना प्रकाशित गरिने छ ।

दाङ, वाँके र वर्दियाका थारु समुदायलाई भदौं २७ गते आइतवारको दिन सार्वजनिक विदा दिइएको उनले जानकारी दिए ।

तस्विरः मिठ्ठु थारु

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित