
बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगल सिंह ठकुरिले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिलाई ४ लाख मुल्यको डेल कम्पनिको कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।
प्रतिष्ठानको सुचना प्रविधीलाई बलियो बनाउदै मेडिकल रेकर्ड प्रणालिलाइ चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा। लामीछानेले बताउनुभयो । प्रतिष्ठानका रजिस्ट्रार प्रा। लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित बनाईने बताउनुभयो ।
प्रतिष्ठानको आईटिको बिकासका लागि सहयोग गरेकोमा शाखा म्यानेजरसहित बैंक परिवारलाई उहाँले धन्यवाद दिनुभयो । सो अवसरमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। पन्थिले अस्पतालका विभिन्न वार्डमा रहेका बिरामिहरुको प्रबिधीको सहयोगमा अभिलेखिकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै बैंकका शाखा म्यानेजर ठकुरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताउनुभयो ।