दाङका १७ महिने बालिका सहित ५ जनाले जिते कोरोना

घोराही, ६ असार । दाङबाट १७ महिने बालिका सहित ५ जनाले कोरोना जितेर घर फर्केकाछन । ती बालिका सहित ५ जनालाई शुक्रबार डिस्चार्ज गरिएको कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १ का एकजना महिला, घोराही २ का तीन पुरुष र बबई ५ का एक पुरुषले कोरोना जितेर घर फर्केेका हनु ।

यो संगै बेलझुण्डी अस्पतालबाट ६३ जनाले कोरोना जितेका छन् । अहिले कोरोना विशेष अस्पतालन बेलझुण्डीमा ४८ संक्रमितहरुको उपचार भइरहेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित