दंगीशरणमा सचेतनामूलक बोर्ड स्थापना

दंगीशरण, ८ मंसिर । दंगीशरण गाउँपालिक विभिन्न ठाउँमा सचेतनामूलक बोर्ड राखिएको छ । युवा संजाललको अगुवाईमा पालिकाको विभन्नि ठाउँमा सचेतनामूलक बोर्ड राखिएको हो ।

दंगीशणका नागरिकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको संजालले जनाएको छ । दंगीशरण गाउँपालिका वडा न. १ को गोल्टाकुरी र बाकिँ, वडा न. २ को कौवाँघारी र सरुवाडाँडा, वडा न. ५ को पोटली चौक, वडा न. ६ को श्रीगाउँ, वडा न. ७ को बोकटिमा बोर्ड राखीएको संजाललका अध्यक्ष सी.एम विश्वकर्माले जानकारी दिए । ट्राफिक नियम, लागु औषध, बाल विवाह, जातीय छुवाछुत लगाएत सम्बन्धि बोर्ड राखिएको उनले बताए ।

यसैविच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले समय सापेक्ष अनुसार युवाहरुले सामाजीक गतिविधी गर्दै आएको भन्दै खुसी ब्यक्त गरेका छन् । यस प्रकारको उदाहरणिय कार्यले दंगीशरणको सामाजिक कार्यमा टेवा पुगेको बताए । “हामी यूवाहरुकै साथ चाहन्छौँ तपाईहरु काम गर्नुस् सहयोग हामी गछौँ– अध्यक्ष चौधरीले भने ।” अध्यक्ष चौधरीले भौतिक विकाशले मात्र दंगीशरणको बिकाश हुदैँन सभ्य समाजका लागि जनचेतनामूलक कार्य पनि आवश्यक रहेको बताए ।

दंगीशरण गाउँपालिका वडा न. १, वडा न. २, वडा न. ५, वडा न. ६ र वडा न. ७ को वडा कार्यालयले वोर्ड निर्माणका लागि सहयोग गरेको संजालका सचिव प्रविण योगीले जानकारी दिए । उक्त अवसरमा गाउँपालिका प्रवक्ता एंव वडा न. ७ का वडा अध्यक्ष विर बहादुर वली, १ न. वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ न. वडा अध्यक्ष तुलसीराम देवकोटा, ५ न. वडा अध्यक्ष दिपक गौतम, ६ न. वडा अध्यक्ष टंक बशादुर वली, वडा सदस्य झेम बहादुर वली, जिल्ला युवा समिती दाङका निःअध्यक्ष शुरेस रावत, युवा नेता जितेन्द्र खड्का, स्थानीय प्रहरी तथा यूवा संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित