लकडाउन डायरीः लकडाउनसँगै फेरिएको मेरो दैनिकी

मिनिमा चौधरी
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारणले मानिसहरुमा डर त्रास र भयवह उत्पन्न भएको छ । कोरोना भाइरसकै कारणले अहिले विश्व भरी एक लाख साठी हजार भन्दा वढिले ज्यानगुमाइ सकेका छन् भने २३ लाखभन्दा वढी मानिस यो रोगवाट पिडित छन् । एक व्यक्तिवाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकोले कोरोना संक्रमितको संख्या दिन प्रतीदिन बढ्दै गइरहेको छ । कोरोनाभाइरसले महामारीको जटिल अवस्था ग्रहण गरिसकेको यो चुनौतिपुर्ण अवस्थामा पनि आफ्नो ज्यानको जोखिमलिएर रातदिन विरामीको उपचारमा खटिरहनुभएका स्वास्थकर्मीहरु, जनताको सुरक्षाको लागी खटिरहनु भएको सम्पुर्ण सुरक्षाकर्मीहरु प्रति मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आआफ्नो लागिमात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाँउ, समाज र देशका लागी लकडाउनको पालना गरौं । सामाजिक दुरी हटाऔं, शारिरीक दुरी कायम गरौं । उच्च सर्तकता सहित घरभित्रवसौं ।

कोरोना भाइसवाट वच्नको लागी अहिले पुरै विश्व नै लकडाउनको अवस्थामा रहेको र नेपालमा पनि लकडाउन भएकोले म पनि घरमै छु । अहिले मेरो कर्म थलो दाङमा भएपनि मेरो मन घरमा मेरो परिवार सँग छ । भौतिक शरिर परिवारसँग नभएपनि भावनात्मक रुपमा आफ्नो परिवारसगँै छु । यो महामारी भाइरसको कारणले मनमा डर त्रास त छ नै, तै पनि आफ्नो आत्मवल वढाउदै घरमा आमाबाबा लगायत सम्र्पुण परिवारका सदस्यहरुलाई मनमा धेरै डर त्रास नलिन, नआत्तिन, व्यक्तिगत सरसफाईमा ध्यानदिन (वेला वेलामा सावुनपानीले हातधुन) तातो पानि तथा पोषिलो खानाखान सुझाव दिइहरेकी छु ।

हामी सवैको सुरक्षाको लागी घोषणा गरिएको लकडाउन सँगै मेरो दैनिकी फेरीएको छ । म विहान ५.३० वजे उठ्छु । दैनिक नित्यकर्म पछि शारिरिक व्यायाम गर्छु । समाचार सुन्छु, अनलाइन मिडिया र सामाजिक संजालहरु हेर्छु । मह र कागती हालेर तातो पानी खान्छु । कोरोना भाइरस विरुद्ध लड्नको लागी शरिरमा इम्युनिटि पावर वढाउने खालको खाने कुराहरु खान्छु । त्येसैगरि घर परिवारमा पनि दैनिक एक पटक फोन गरेर लसुन, अदुवा, मह, कागती, ज्वानो, गुर्जेलहरो आदि उमालेर पानी पिउन सल्लाह दिन्छु । यो चिज हाम्रो शरिरको लागी एकमद फाइदाजनक चिजहरु हुन । यसरी खाना खाइसेकेपछि फोन, अनलाइन मार्फत अफिसेल काममा लाग्छु ।

आफ्नो सहकर्मी साथीहरुसँग फोन वा अनलाइन मार्फत कुरा गर्छु र अपडेट लिन्छु । उहाँहरुलाई पनि घरमा सुरक्षित तरिकाले बस्न सल्लाह दिन्छु र घरवाटै फोन मार्फत गाँउ समाजमा रहेको अति न्यून आर्थिक अवस्थाभएको घरपरिवारको डाटा संकलन गर्न भन्छु ताकी अति आवश्यक सामग्री सहयोग गर्न सजिलो होस । अहिले कोरोनाभाइरसको महामारी सँगै आगलागीको समस्या पनि उत्तिकै रहेकोले घर जलेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई अतिआवश्यक सामग्री सहयोग गर्नको लागी फिल्डका कर्मचारीहरु सँग समन्वय गर्छु । त्यसैगरि घरमा तरकारी तथा फूलहरु गोड्ने, सिचाई गर्ने, फुलवारीमा रमाउने, रमाइलो चललचित्रहरु हेर्ने गर्दछु । यसैगरि वेला वेलामा समाचार अवडेट हेर्छु, साहित्यिक बुकहरु पढ्ने, गीत संगित सुन्ने साथीहरुसँग भिडियो कल गरेर रमाइलो कुरा गरेर रमाउने गर्छु । यसरी वितिरहेको छ मेरो दैनिकी ।
लेखिका ओरेक दाङमा आवद्ध हुनुहुन्छ

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित