माघको प्रतीक्षामा…..

केबी चौधरी

एउटा याम थियो
सम्झिदा मात्रै माघी
मन सररर हुन्थ्यो
न्यानो तापले
सयौं हर्षपावरको उर्जा अनुभूति

माघ आइलागल भन्दै
चुरेका देउरालीहरुमा बन्कसी काट्दा
सिरिङ्ग उम्रेका काँडाहरु
मैना गाउँदै लस्करै हलुको सँग बोकेका गरुङ्गा भारीहरु

सस्रार लग्न
चिरा नदेखिनेगरि चिरिएका सोझा असान र धौठिहरु
लर्हाले कसिलोगरि बाँढिएका छन
चिरा चिरा भएका मनहरु उसै

ओत छाँउन काटिने खर
खर्कट्वाको खर्चा
सबै सबै निस्तेज हुन्थे
माघकै प्रतीक्षामा

माघ आगैल जे
लाही पाग्गैल
कुटनारो बनैनाहो
भन्दै बुरुक्क बुरुक्क उफ्रिने हात गोडाहरु
माघको प्रतीक्षामा अझै शक्तिशाली हुन्थे

बिलिन हुन्थे पिडाहरु
बर्षभरी सँगालेका जिम्डर्वाको हुकुममा
अर्को अप्रत्याशित यात्रा हुनेनै भएपनि
रसाउँथ्यो मन
माघको प्रतीक्षामा

माघ
कति मिठो
कति न्यानो
कति प्रेमिल
आउनुहोस प्रतीक्षागरौ
जिन्दगीको एक अलौकिक बिन्दुको ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित