घोराही, २८ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवस ४ दिनसम्म भव्यरुपमा मनाउने निर्णय गरेको महासंघका सचिव भुपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जसअनुसार पुस १ गते बिहान ८ बजे घोराहीमा रक्तदान र शाखा परिसर सरसफाई, पुस २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकारहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, पौष ३ गते तुलसीपुरमा पत्रकारहरुका लागि निशुल्क आँखा शिविर र पौष ४ गते घोराहीमा पुरस्कार तथा सम्मान वितरण समारोह आयोजना गरिएको छ । यस्तै बैठकले स्थपनाको दिन वितरण गरिने पुरस्कार तथा सम्मानका लागि प्रतिभा छनौट समिति गठन गरेको छ । शाखा अध्यक्ष प्रियासन, सचिव भुपेन्द्र वली र उपाध्यक्ष लीला शाह रहेको ३ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
२१ फाल्गुन २०८०, सोमबार २२:२५
टेक्सास थारू समाजका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट
-
१४ फाल्गुन २०८०, सोमबार २१:०५
सगरमाथा आरोही हरिबहादुर बुढालाई दाङमा अभिनन्दन
-
१८ आश्विन २०७८, सोमबार १०:५२
थारु आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो, प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस्
-
२६ आश्विन २०७७, सोमबार १२:१४
नेपालमा शिक्षाको अधिकारः चुनौती र अवसर
-
५ जेष्ठ २०७९, बिहीबार ०५:५६
घोराहीमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी
-
७ जेष्ठ २०७७, बुधबार १७:४२
थप २५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ४२७ पुग्यो