आन्दोलनको घोषणा गर्दै सकियो टीकापुरको सम्मेलन, मोर्चाको कमाण्डरमाः लक्ष्मण थारु

लखन चौधरी
टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ ।

टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी कार्यदिशा तय गर्दै सम्पन्न भएको हो ।

मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

थरुहटरथारुवान आन्दोलनको क्रममा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि भएपछि आन्दोलनमा शिथिलता आएको थियो ।

सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकता अप्नाउन तथ्य सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।

तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई अबिलम्ब माग सो घोषणा पत्रमार्फत् माग गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न जोडदार रुपमा सो घोषणा पत्रमार्फत माग गरिएको छ ।

यतिमात्रै नभई हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहटरथारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ भने संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि सो घोषणापत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताए ।

आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारीलगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग गरिएको छ ।

मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने भएको छ । थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने सो घोषणा पत्रमा उल्लेख छ ।

३ चरणको आन्दोलनको रुपरेखा

सम्मेलनले ३ चरणको आन्दोलनको कार्यदिशा समेत तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ ।

दोसो चरणमा कोणसभा, विरोधसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ तर ठाउँ र समय भने तय हुन बाँकी रहेको प्रवक्ता चौधरीले लोकान्तरलाई बताए ।

यसैबीच कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन लगाई तराई क्षेत्रस्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई ‘पेन डाउन’ गर्न लगाउने कार्यक्रम पनि मोर्चाले अँगालेको छ भने तराई क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन, मालबाहक साधनमा थरुहटरथारुवान प्रदेश अंकित स्टिकरण टाँस्नेरटाँस्न लगाउने र नटाँसेमा सो सवारी साधन सञ्चालनमा रोक कार्य गर्ने पनि जनाएको छ ।

मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने रणनीति लिइएको हो । सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने प्रवक्ता चौधरीले उद्घोष गरे ।

मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । यसैक्रममा सरकारलाई आफ्नो माग पूरा गराउन अल्टिमेटम दिई सो असहयोग आन्दोलन गर्ने कार्यदिशा तय गरेको मोर्चाले जनाएको छ ।

को हुन् मोर्चाका संयोजक लक्ष्मण थारु

सम्मेलनबाट गठित मोर्चाको संयोजकमा चुनिएका थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर बाहिर आएका व्यक्ति हुन् । उनीलगायत २७ जनाले आफूहरूमाथि झूटा मुद्दा लगाइएको भन्दै जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् भने सांसद रेशम चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

विक्रम संवत् २०३२ सालमा धनगढी उपमहानगरपालिका–१९ ९साविक फूलवारी गाविस–१ फूलवारीमा जन्मेका थारु २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा उनी बिग्रेट कमिसार ९राजनीतिक आयुक्त० र थारुवान मुक्ति मोर्चाका महासचिव रहेका थिए ।

विस्तृत शान्ति सम्झौतापछि विद्रोह गरी थरुहट तराई पार्टी नेपालको स्थापना गरेका उनी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । जेल बसाइकै क्रममा फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका थारु सम्पन्न आम निर्वाचनमा भने राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए ।

उनलाई टीकापुर घटनाको अभियोगमा २०७२ भदौ २३ गते भैरहवाबाट गिरफ्तार गरी कर्तव्य ज्यानलगायत मुद्दामा कारागार चलान गरिएको थियो ।
लोकतन्त्र .डटकम बाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित