रेशम चौधरीलाई रिहाइ गरिनुपर्ने २० कारणहरु

कविता चौधरी/दाङ

कविता चौधरीले राष्ट्र र जनताको हितमा रेशम चौधरीको रिहाइ गरिनुपर्ने २० वटा कारण उल्लेख गर्नु भएको छ । उहाँले रेशम चौधरीलाई किन रिहाइ गर्ने यदी समयमा उहाँको रिहाइ नभए चौधरीप्रति राज्यले गरेको यो अपराधका कारण यस क्षेत्रका नागरिकहरुमा पलाएको निरासा देशको लागि घातक हुन सक्दछ। तसर्थ देशको बिकास र संमृद्धिको लागि रेशम चौधरीलाई रिहाइ गरिनुपर्ने २० वटा कारण जस्ताको तस्तै तल हेर्नुहोस् ।

१. किरांत काल, लिच्छबि काल, मल्ल काल, शाह काल, राणा काल, प्रजातन्त्र काल, पञ्चायती काल, बहुदलिय प्रजातन्त्र, गन्तन्त्र काल सबै जातिय अधिपत्य भएका शासन साबित भए।
२. १२३ भन्दा धेरै भाषा भएको देश नेपालमा सबै जात र संस्कृतिको समान सामाजिक, सास्कृतिक बिकास हुन सकेन।
३. सबै क्षेत्रको समानुपातिक बिकासको आबश्यक्ता सबैलाई महसुस भयो।
४. नेपाली राष्ट्रियता एकल हुन पुग्यो ।
५. राज्यको श्रोत साधनहरु शासकको नजर बाट मात्रै परिचालित भयो।
६. समयको रफ्तारमा सबै बर्ग क्षेत्रको चेतना बृद्धि भयो ।
७. बिकास र संमृद्धिको तिब्र इच्छा माओबादी जनयुद्ध ०६२(६३ को जनआन्दोलन बाट ब्यक्त भयो।
८. समाबेशी चरित्रको राज्य निर्माणगरी बिकासलाई बहुआयमिक बनाउदै र सुन्दर समाज निर्माणको सपना रचना गरियो ।
९. संघिय लोक्तान्त्रिक गन्तन्त्रको योजनामा सामाजिक चरित्रलाई प्रधान तत्व मानेर जनसँख्या र सामर्थ्यको आधार बाट प्रदेश निर्माण गरिने भनियो ।
१०. नयाँ संबिधान बनाउदा अधिकारलाई फेरीपनी घेराबन्दी गरियो।
११. थारु बहुल क्षेत्रलाई तुक्र्याइयो। दाङबाट सामन्तहरुद्वारा लखेतिएका थारुहरुमा पिडा थपियो।
१२. कर्णाली प्रदेशको माग पुरा हुँदा कैलाली र कंचनपुरको माग बेवास्ता गरियो। पुर्बी रुकुम र पच्छिम रुकुमपनी बनाइयो।
१३. कैलालीमा हिनताबोध, निराशा र आक्रोश बध्दै गयो ।
१४. राज्यको ब्यापक दमन भयो।
१५. अगुवाहरुलाई झनै दबाब पर्यो।
१६. आन्दोलन चर्कदै गयो र आन्दोलनरत पक्ष र सुरक्षाकर्मीको बिचमा भिडन्त हुँदा उच्चतहको प्रहरी सहित् केहीको ज्यान गयो।
१७. सचेत र सक्षम युबा रेशम चौधरीलाई बलिको बोको बनाइयो।
१८. बिकास र संमृद्धिको चाहना सहित् गरिएको धर्तिपुत्र, आदिबाशी थारुहरुको राजनीतिक आन्दोलनलाई ब्यक्ती लक्षित गरियो,जातियताको रङ देइयो ।
१९. राष्ट्रभक्त, सामाजिक अभियन्ता, बिकासप्रेमी युबा नेता, स्रस्ता रेशम चौधरीप्रति राज्यले गरेको यो अपराधका कारण यस क्षेत्रका नागरिक हरुमा पलाएको निरासा देशको लागि घातक हुन सक्दछ।
२०. त्यसकारण रेशम चौधरीको सिघ्र रिहाइ नै राष्ट्र र जनताको पक्षमा हुने देखिन्छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित