नयाँ विहानी टोल विकास संस्थाको अध्यक्षमा सिताराम चौधरी चयन भएकाछन । शनिवार सम्पन्न भएको संस्थाका चौथो साधारण सभाबाट चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी संस्थाका उपाध्यक्षमा शान्ता चौधरी, सचिवमा अनिल चौधरी, सहसचिवमा पार्वती चौधरी र कोषाध्यक्षमा मनिषा चौधरी चयन भएकाछन् । यस्तै सदस्यमा शर्मिला चौधरी, भौनी चौधरी, समिर चौधरी र खेमराज चौधरी चयन भएकाछन् । ।
सस्थाको अध्यक्ष गोविन्द चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्तहरुले टोलको विकासको लागि संस्थाले अग्रणी भूमिका खेलको बताएका थिए । कार्यक्रममा सस्थाको पुर्व अध्यक्ष छविलाल चौधरी, जमुना टोल विकास संस्थाका पुर्व अध्यक्ष दामोदर केसी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवि चौधरी, पदमोदय पब्लिन नमुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, साहित्यकार प्रेम चौधरी लगायतले बोलेकाथिए ।
शान्ता चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव निरन चौधरीले गरेकाथिए ।