खाद्य उत्पादनमा लुम्विनी प्रदेश सरकार अगाडिः मन्त्री शर्मा

बुटवल, २४ भदौं । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले खाद्य उत्पादन, बचत तथा वितरणमा लुम्विनी प्रदेश अगाडि रहेका बताएका छन् । फियान नेपालको आयोजनाम खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको सम्बन्धमा प्रदेश सरकार तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शर्माले कुनै पनि नागरिकलाई भोकमरी हुन नदिनको लागि लुम्विनी सरकारले सवै नागरिकको खाद्य सुरक्षाको लागि विशेष कार्यक्रम ल्याउने बताए । खाद्य उत्पादनमा किसानलाई विभिन्न उन्नत जातको विउविजन, अनुदान कार्यक्रम तथा प्रविधिहरु सहयोग गर्दै आएको मन्त्री शर्माले दाबी गरे ।

यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य आइपी खरेलले राज्यले कृषि भूमिको संरक्षण र उत्पादनमा अनुदान दिन सकेमा मात्र नागरिकहरु खाद्यान्न उत्पादनमा हौसल बढ्ने र खाद्यन्नको पनि सुरक्षित गर्न सक्ने बताए ।

फियान नेपालको कार्यकारी निर्देशक अशोक सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्विनी प्रदेशका अध्यक्ष तेजप्रसाद पाठक, भूमि व्यवस्था तथा कृषि मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी, नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष अमृता अनमोल लगायतले नागरिकलाई भोकमरी समस्या हुन नदिनको लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताएकाथिए ।

खाद्य अधिकार सञ्जाल दाङका महासचिव मौसम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फियान नेपाल लुम्विनी प्रदेशका संयोजक सुरेशकुमार गौतमले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित