गाउँका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा ।


दंगीशरण २३, मंसीर । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । लामो समय देखि एम्बुलेन्स विहीन भएको पालिकाले अव भने एकैपटक दुई स्वास्थ्य चौकिबाट दुई वटा एम्बुलेन्स संचालन गरेर सेवा दिने भएको हो ।

आईतबार एक कार्यक्रमका बिच हेकुली स्वास्थ्य चौकिका प्रमूख टेक बहादुर खत्री र गोल्टाकुरी स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट प्रदिप योगीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी ,उपाध्यक्ष पिमा कुमारी खड्का र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले हस्तान्तरण गरेकाथिए। अबका दिनमा पालिकामा हुने आकस्मीक घटनामा एम्बुलेन्सले सहज रुपमा सेवा दिन सक्नेछ । उता दंगीशरण गाउँपालिका वडा न ६ मा रहेको श्रीगाउँ स्वास्थ्य केन्द्रमा भने २०६७ सालदेखि एम्बुलेन्स संचालनमा आइरहेको छ । युनिसेफको आर्थीक सहयोगमा खरीद गरेको एम्बुलेन्सले जिल्लामा तोकिएको सेवा शुल्क भन्दा १५ प्रतिशत कममा सेवा दिइरहेको डा. रवनि गौतमले जानकारी दिए । गाउँका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आएपछि अहिले विरामीलाई सहज भएको छ ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित