तुलसीपुर उपमहानगरको उपमेयरमा चौधरीको जित सुनिश्चत, मेयरमा टीकाराम २ हजार बढि मतले अगाडि

एमालेको तर्फबाट तुलसीपुर उपमहानगरको मेयरको उम्मेदवार टीकाराम खड्का र उपमेयरकी उम्मेदवार स्यानी चौधरी

तुलसीपुर उपमहानगरपालिकाको कुल खसेको मत मध्ये करिब ९ हजार मत मात्र गणना गर्ने बाँकी रहदा मेयर र उपमेयरमा एमाले अग्रस्थानमा रहेको छ ।

नेकपा एमालेका मेयरका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई २ हजार ३३० मतले पछाडि पारेका छन ।

अहिलेसम्म गणना भएको ६४ हजार ९७३ मध्ये खड्काले २७ हजार ४५ मत ल्याएर अग्रस्थानमा रहेकाछन् भने गिरीले २४ हजार ७१५ मत प्राप्त गरेकाछन् ।

यसैगरी उपमेयरमा पनि एमालेकी स्यानी चौधरीको जित सुनिश्चत भइरहेको छ । उनि आफ्नो प्रतिस्पर्धी गठबन्धन तर्फबाट उम्मेद्वार बनेको नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानालाइ ८ हजार २०१ मतले पछाडि पारेकीछन् । जबकी अब करिब ९ हजार मत मात्र गणना गर्न बाँकी छ ।

चौधरी शुरुवाती देखि आफ्नो मतान्तर बढाउदै लगेकीछन् । उनि २६ हजार ६३६ मत पाएकीछन् भने रानाले १८ हजार ४३५ मत प्राप्त गरेकाछन् ।

तुलसीपुर उपमहानगरमा कुल मतको ७४ हजार ३९३ मत खसेको थियो । १९ वटा वडा मध्ये १ देखि १६ नम्वार सम्मको वडाको मत गणना सम्पन्न भइसको छ भने १७, १८ र १९ वडामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्यालयको अनुसार १७ बाहेक १८ र १९ वडामा एमाले फराकिलो मतले अगाडि रहेको छ ।

यस अघि दाङकै घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउदै एमालेले मेयर र उपमेयर सहित १३ वटा वडा अध्यक्ष जित हात पारिसकेको छ ।

 

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित