माघ महोत्सवको तयारी तिव्र, गाउँ गाउँमा महोत्सवको प्रचारप्रसार

घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

‘आर्थिक जागरण ओ साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने मुख्य नारा सहित आयोजना हुन लागिएको महोत्सवमा मुख्य आकर्षण मघौटा नाच, थारुमौलिक भेषभुषा, गरगहना तथा थारु परिकार रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।

यसैगरि महत्सवलाई ऐतिहासिक बनाउनको लागि विभिन्न थारु संघ सस्थाका अगुवा, महटावाहरु संग छलफल गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले बताए । त्यसैगरि महोत्सव स्थलको अवलोकन तथा मञ्च व्यवस्थापनको लागि मञ्च व्यवस्थापन टिम संग छलफल गरिएको सयोंजक चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित