लकडाउनमा भुह्यारथान बहुआयामिक सभा हलको निर्माण जारी, ७० प्रतिशत काम सम्पन्न

तुलसीपुर, १ जेठ । लकडाउनको समयमा पनि बहुआयमिक सभाहल निर्माणलाई निरन्तरता दिइएको छ । तुलसीपुर उपमहानगरपालिका ५ जबरपुर स्थिति भूइह्यार थानको प्रांगनमा निर्माण भइरहेको बहुआयमिक सभाहलको निर्माणलाई तिब्रता दिइएको हो ।

नमुना भुह्यार थानका अध्यक्ष एवं बहुआयामिक सभाहल निर्माण उपभोक्ता समितिका संयोजक रामशरण चौधरीले (कोभिड-१९) लाई उच्च सर्तकता अपनाउदै आफुहरुले सभाहल निर्माणलाई निरन्तरता दिएको बताए । ‘हामीले सामाजिक दुरी कायम गर्दै सभाहल निर्माणलाई तिब्रता दिएका छौं उनले भने,–अहिले सभाहलको निर्माण ७० प्रतिशत काम सम्पन्न भएको छ ।’

६६ फिट लम्बाई १६ फिट चौडाइ रहेको बहुआयिमक सभाहल निर्माणको लागि २१ लाखको स्टेमेट भएकोथियो तर स्टेमेट भन्दा ५ लाख बढि खर्च आउने देखिएको उनले जानकारी दिए ।
‘सभाहल त बन्ने नै भयो तर स्टेमेट भन्दा ५ लाख बढि खर्च आउदा कसरी व्यवस्थापन गर्ने भन्ने पो चिन्ता लागिरहेको छ, उनले भने, –तर, ‘हामी हरेस नखाई कामलाई अगाडि बढाइरहेका छौं र सहयोगी दाताहरु पनि खोजिरहेका छौं ।’

चौधरीको अनुसार सभाहल निर्माणको लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत (सांसद कोष) मार्फत प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले २० लाख सहयोग गरेकाछन्, भने बाँकी सहयोगको लागि विभिन्न व्यक्ति तथा संघसस्थाहरुसंग अपिल गरेको उनले बताए । उनले भने,-‘यो सभाहल भुह्यार थानको मात्र नभएर सामुदायको समेत भएकाले आफुरुले सवैलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका हाैं। यस सभाहल निर्माणको लागि दश हजार भन्दा माथी सहयोग गर्ने सहयोगी दाताहरुको नामावली शिलालेखमा उल्लेख गर्ने समेत चौधरीले जानकारी दिए ।

निर्माणधिन सभाहलको शिलान्यास गत पुसको मसान्तमा प्रतिनीधि सभा सदस्य हिराचन्द्र केसीले गरेकाथिए । भविष्यमा सभाहलको माथि तल्ला थपेर थारु समुदायको पहिचान झल्किने खालको मिनि संग्राहलय समेत स्थापना गर्ने गुरु योजना रहेको समेत चौधरी जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित