जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

तुलसीपुर, ५ कार्तिक । युवा व्यवसायी, समाजसेवी एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का सभापति महेश थारुले असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।

आफ्नो २४ औं जन्म दिनको अवसरमा थारूले मंगलबार तुलसीपुरको विजौरीस्थित असहाय बालबिकास नेपालमा रहेका बालबालिकाहरुको शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनले असहाय बालबिकास नेपालका बालबालिकाहरुलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ बराबरको शैक्षिक सामाग्री प्रदान गरेका हुन्।

जन्मदिनको अवसरमा साथीभाइहरुलाई पार्टी दिएर रकम खर्च गर्नुभन्दा असहाय बालबालिकाहरुको शिक्षामा केहि सहयोग होस् भनि आफूले शैक्षिक सामाग्री सहयोग गरेको बताए। साथै आगामी दिनमा पनि आफूले समाजिक कार्यमा निरन्तर लागिरहने उनले बताए। गत वर्ष पनि थारुले आफ्नो जन्म दिनको अवसरमा असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका थिए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित