घाेराही उपमहानगर-२ मा एकीकृत स्वास्थ्य शिविर

घोराही ,७ मंसिरर । घाेराही उपमहानगरपालिका वडा नम्बर २ मा वृहत एकीकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शनिवार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र ओरेक नेपालको संंयुक्तरूपमा आयोजनामा घाेराही उपमहानगरकाे वडा नम्बर २ बुकामा एकीकृत स्वास्थ्य शिविर संचालन गरेकाे हाे ।

बुकामा आयोजना गरिएकाे पिछडिएका वर्ग र समुदाय लक्षित शिविरमा स्वास्थ्य सेवा लिन आएकाहरूमा लामाे समयदेखि राेग पालेर बसेकाहरू भेटिएका छन् । उनीहरू विभिन्न कारणले राेग पालेर बसेकाे देखिएकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्वास्थ्य सेवा लिनेहरूमा याैन तथा प्रजनन् सम्बन्धी पुराना समस्या बढी मात्रामा देखिएकाे छ।


शिविरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा. विनोद सिंह र शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र रामपुरका डा. सुवर्ण बुढासहितको स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य जाँच गरेकाे नेपाल परिवार नियोजन संघ, दाङ शाखा प्रबन्धक बसन्त खनालले बताए ।

स्वास्थ्य उपचारमा सहज पहुँच भएकाहरूले पनि समस्या भन्न लजाउने गरेकाले पनि समस्या बढेकाे देखिएकाे हाे । घाेराही उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएकाे शिविरकाे घाेराही नगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित