एमालेमय बन्दै दंगीशरण, घरदैलोमा मतदाता भन्छन्,-‘हाम्रो सुख दुःखको साहरा एमाले’

एमालेकी केन्द्रीय सदस्य तथा लोकप्रिय नेतृ कोमल वलीको नेतृत्वमा दंगीशरण-३, हेकुलीमा घरदैलो गर्दै

 

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर चुनावी माहोल तातेसंगै दंगीशरण गाउँपालिकामा पनि एमालेको पक्षमा माहोल तातेको छ । पछिल्लो समयमा दंगीशरण एमालेमय बन्दै गएको छ । घरदैलमा दैनिक तीनसय देखि पाँचसय सम्म स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा एमालेको पक्षमा भोट माग्दै घरदैलौमा व्यस्त छन् । बालबालिकादेखि जेष्ठ नागरिकहरुको पक्षमा सधै एमालेले साथ दिने भएकाले आफुहरु एमालेलाई साथ दिएको स्थानीय जेष्ठ नागरिक छोटिलाल चौधरीले बताए । यस अघि पनि एमालेको नेतृत्वमा अल्पमत स्थानीय सरकार भएपनि दंगीशरणको विकास भएको बताउदै चौधरीले हाम्रो सुख दुःखको साहरा नै एमाले भएकाले यसपटक बहुमत सहित जिताउनको लागि लागिपरेको बताए ।

दंगीशरण ६ थपगाउँमा स्वस्फूर्त स्थानीय नागरिकहरु एमालेको पक्षमा भोट माग्दै

यसैविच नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वली दंगीशरण पुगेपछि दंगीशरणमा स्थानीय नागरिकहहरुले भब्य साथ दिएकाछन् । हाम्रो चेली हाम्रो नेतृ कोमल वली, हाम्रो बा हाम्रो अभिभावक केपी वली भन्दै स्थानीयहरु गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेद्धार मेघनाथ (एमन) शाहको टिमलाई जिताऔं भन्दै नारा जुलस गर्दे नाच्दै घरदैलमा साथ दिएकाछने । घरदैलमा १८ वर्षका युवादेखि जेष्ठ नागरीकहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो ।

दंगीशरण ७ मा नेकपा एमालेके नेतृ तथा प्रदेश सदस्य सिमा न्यौपानेको नेतृत्वमा दंगीशणर गाउँपालिका अध्यक्षका उम्मेदवार एमन शाह, उपाध्यक्षकी उम्मेदवार विजया चौधरी सहित स्थानीयहरु

अध्यक्ष पदका उम्मेद्धार शाह संगै बुधनी चौधरी (विजया), दंगीरशण गाउँपालिका वडा अध्यक्ष भागीराम चौधरी, वडा न।.३ का वडा अध्यक्ष पदका उम्मेद्धार तक बहादुर चौधरी, वडा न. ६ का वडा अध्यक्ष पदका उम्मेद्धार लिलाधर वली, वडा न.७ का वडा अध्यक्ष पदका उम्मेद्धार रेशम वली र सदस्य पदका उम्मेद्धार सहभागितामा दंगीशरण ३ हेकुली, वडा न. ६ को श्रीगाउँ, थपगाउँ लगायत वडा न. ७ का विभीन्न टोल तथा गाउँमा चुनावी घरदैलो तथा भेटघाट गरिएकोथियो ।

मतदाताको गुनासो सुन्दै दंगीशणर गाउँपालिका अध्यक्षका उम्मेदवार एमन शाह, उपाध्यक्षकी उम्मेदवार विजया चौधरी र वडा नं ६ का उम्मेदवार वडा अध्यक्ष लिलाधर वली

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित