दाङमा कोरोना भाइरसको आशंकामा १९ जना आइसोलेसनमा

दाङमा कोरोना भाइरसको आशंका गरिएका १९ जनालाई आइसोलेसनमा राखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना मंगलबार राति अबेरसम्म उनिहरुलाई भर्ना गरिएको हो । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट आएका दाङका ८ जना र प्यूठानका तीन जनासँगै अन्य व्यक्ति पनि रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार घोराहीका ५ जना, बबईका एकजना, लमहीका १ जना र राजपुरका १ जना,रहेका छन् । गौरीफन्टाबाट आएका दाङका ८ जना भेटिए पनि अरू दुईजनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

यसैगरि जिल्लाका विभिन्न पालिकाहरूबाट ल्याइएका व्यक्तिहरू पनि रहेका छन् । आईसोलेसनमा राखिएकाहरूमा घोराहीका रुपैडिहाबाट आएका एक जना, दुबइबाट आएका प्यूठानका दुई जना, तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जना, राप्ती प्रादेशिक अस्पतालमा कार्यरत एक जना कार्यालय सहयोगी पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार दाङमा क्वारेन्टाईनमा मंगलबार ६ जना थपिएका छन् । दाङका तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जनालाई आइसोलेसनमा लगिाएको छ, भने नयाँँ ६ जना थपिएको उनले जानकारी दिइन्।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित