दाङमा कोरोना भाइरसको आशंकामा १९ जना आइसोलेसनमा

दाङमा कोरोना भाइरसको आशंका गरिएका १९ जनालाई आइसोलेसनमा राखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना मंगलबार राति अबेरसम्म उनिहरुलाई भर्ना गरिएको हो । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट आएका दाङका ८ जना र प्यूठानका तीन जनासँगै अन्य व्यक्ति पनि रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार घोराहीका ५ जना, बबईका एकजना, लमहीका १ जना र राजपुरका १ जना,रहेका छन् । गौरीफन्टाबाट आएका दाङका ८ जना भेटिए पनि अरू दुईजनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

यसैगरि जिल्लाका विभिन्न पालिकाहरूबाट ल्याइएका व्यक्तिहरू पनि रहेका छन् । आईसोलेसनमा राखिएकाहरूमा घोराहीका रुपैडिहाबाट आएका एक जना, दुबइबाट आएका प्यूठानका दुई जना, तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जना, राप्ती प्रादेशिक अस्पतालमा कार्यरत एक जना कार्यालय सहयोगी पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार दाङमा क्वारेन्टाईनमा मंगलबार ६ जना थपिएका छन् । दाङका तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जनालाई आइसोलेसनमा लगिाएको छ, भने नयाँँ ६ जना थपिएको उनले जानकारी दिइन्।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित