दाङका सरोकारवाला निकायहरुले मागे, -`प्रतिष्ठानकी उपकुलपति भण्डारीको राजिनामा´

घोराही, ६ भदौ । दाङका सरोकारवाला निकायहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीको कार्य असक्षमता देखिएका भन्दै राजीनामा माग गरेका छन् ।

शुक्रवार दिउसो घोराहीमा भएको भेलामा जिल्लाका विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनीधिहरुको भण्डारीको राजिनामा माग गरेका हनु । पटक पटक विवादमा आइरहने प्रतिष्ठानकी उपकुलति भण्डारीको कारणले हिज विहिवार मात्र २५ जना चिकित्सकहरुले सामुहिक राजिनामा दिएका थिए । चिकित्सकहरुले सामुहिक राजिनामा दिएपछि प्रतिष्ठानकी उपकुलपति भण्डारी झन विवादमा तानिएकिछिन ।

यसैगरि उपकुलपतिकै कारणले प्रतिष्ठान नै धरापमा पर्दै गएको भन्दै मानवअधिकारकर्मी विकिरण गौतमको संयोजकत्वमा प्रतिष्ठान बचाउ अभियान समिति गठन गरिएको छ । जसको सचिवमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सदस्यहरुमा घोराही उपमहागरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेय, अधिकारकर्मी लक्ष्मी आचार्य, दांग उद्योग बाणिज्यसंघ पुर्व महासचिव दिपक सुवेदी, थारु कल्याणकारिणी सभा दांगका अध्यक्ष भुवन चौधरी, श्रीधर महरा, मन्जु बज्रचार्य, शरद अधिकारी, भुपेन्द्र वली, यादव गिरी, टिका बस्नेत सन्तोष पोख्रेल लगायत रहेकाछन् । यसैगरि प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको सामुहिक राजिनामको विषयम छलफल र बार्ता सम्वादको माध्यमबाट निकास निकाली चिकित्सकहरुलाई काममा फर्काउनका लागि बातावरण मिलाउनु पर्ने, प्रतिष्ठानमा उत्पन्न भएको विवादलाई अन्त्य गर्नका लागि राजनीतिक दल तथा जनप्रतिनीधिहरुलाई ध्यानाकर्षण गराउने लगायतको विषयमा निर्णय गरिएको प्रतिष्ठान बचाउ अभियानका सचिव सविन प्रियाशनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित