लागूऔषधसहित दाङमा ५ जना पक्राउ

दाङ, २७ असोज । लागूऔषधसहित दाङमा पाँच जनालाई पक्राउ गरिएको छ । घोराही उपमहानगरपालिकाको नयाँ वसपार्कबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।
प्रहरी प्रवक्ता शाहका अनुसार घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही–१५ का प्रविण विश्वकर्मा पक्राउ परेका हुन् ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ३ हजार ९ सय ७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इञ्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित